१. पृष्टभुमि
चैत्र १९ गते ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स (ईरिप्स)ले चैत्र २४ देखी २७ सम्म आयोजना गरेका रुपान्तरणकारी योजनाका लागि प्रसंसनीय खोज प्रशिक्षक प्रशिक्षणको तयारीको लागि ठमेलको बैशाली होटलको लवीमा वसेर होटल म्यानेजरलाई कुरी रहेको वेलामा मोवाईलको स्क्रिनमा आदारणीय डा.अखिलेश्वर लाल कर्ण सरको फोन आयो । म बन विज्ञान अध्ययन संस्थान हेटौडा पढ्दा वहाँ विरगञ्जमा डिएफो हुनुहुन्थ्यो । त्यतिवेला नै संयोगवस जिल्ला बन कार्यालयमा वहाँसँग सानो अन्तरक्रिया गर्ने अवसर जुरेको थियो जुन निकै उत्प्रेरक रहेको थियो र त्यति वेलादेखी नै वहाँ प्रति मनमा सकारात्मक छाप वसेको थियो । पछि व्यवसायिक जीवन शुरु गरेपछि धेरै पटक वहाँसँग भेट भएर उत्प्रेरित हुने अवसर प्राप्त गरेको छु । वहाँको सबै कुरा उत्प्रेरित र सकारात्मक हुने भएकाले उत्साहित हुदै फोन उठाए र सामन्य अभिवादन आदाप्रदान पछि मधेश प्रदेसमा सञ्चालित समृद्धीका लागि बन कार्यक्रमका लागि टिम विल्डींग तालिमको कुरा थियो र मधेशवाट तपाईको वारेमा जिज्ञासा राखिएको छ तपाईको समय कस्तो छ भनेर सोध्नु भयो । फोनमा कुराकानी लामो हुन नपाउदै यदि मिल्छ भने रेड कार्यान्वयन ईकाईमा आउनुहोस भन्नु भयो र म तुरुन्तै वहाँको कार्यालयमा गए । तालिमको वारेमा छलफल गरी कार्यक्रमको संभावित मिति, र कार्यक्रमका उद्धेश्यहरु के के हुन सक्दछन भन्ने वारेमा छलफल गरियो । त्यति नै वेला मधेश प्रदेश वन निर्देशनालयका निमित्त निर्देशक श्री सुनिल कर्णसर सँग पनि कुरा भयो र तालिम २८ र २९ गर्ने निधो गरियो । परियोजनाको वारेमा आवश्यक सुचना डाक्टर साहेवले र श्री नवराज पुडासैनी सरले परियोजनाको वार्षिक प्रगती प्रतिवेदन उपलब्ध गराई दिनु भयो । डा. साहेवले यो तालिम विशेष प्रकारको भएको र मन्त्रालयको नेतृत्व नै सहभागी हुन सक्ने हुँदा एक उत्कृष्ट सहजकर्ताको खोजी भएकोछ र तपाईको नाम आएको छ । म आश गर्दछु सहजकर्ताको छनौट सही थियो भन्ने सन्देश तपाईले प्रवाह गर्नु हुनेछ भन्ने वहाँको भनाई निकै उत्साहजनक र चुनौतिपुर्ण थियो तर वास्तवमा मेरा लागि त्यो सुवर्ण अवसर थियो । त्यही आधारमा तालिमको तयारी गरीयो । प्रदेश बन निर्देशनालयका निर्देशक आदारणीय जगनाथ जयसवाल सरले भ्रमणको व्यवस्थापन मिलाईदिनु भयो । २७ गते ठमेलको मनांग होटलमा ४ दिनदेखी सञ्चालन भएको रुपान्तरणकारी योजना तर्जुमाका लागि प्रसंसनीय खोज प्रशिक्षक प्रशिक्षण समापन गरेर एयरपोर्ट हुदै जनकपुर पुग्दा सहपाठी प्रिय मित्र शिव शंकर झा जी कुरेर वसी रहनु भएको थियो । वहाँसगै वर्दिवास स्थित गौतमहोटलमा वास बस्न पुगियो । २८ गते विहान लालगढको गौतम होटलको सभा हलमा माननीय वन मन्त्रि श्री रमेश प्रसाद कुर्मीले औपचारीक उद्घाटन गरेपछि तालिम शुरु गरियो ।
समृद्धिको लागि बन कार्यक्रम नेपाल सरकार र विश्व बैकको संयुक्त प्रयासवाट मधेश र लुम्बिनी प्रदेशहरुमा दिगो बन व्यवस्थापन तथा बन उद्यमहरुलाई प्रवर्धन तथा सहयोग गर्न कार्यान्वयन गरिएको छ । यो मधेश प्रदेशका २५ वटा पालिकाहरुका कार्यान्वयन गरिएको कार्यक्रम हो । यस कार्यक्रमको संयोजन तथा कार्यान्वयनको नेतृत्व प्रदेश स्तरमा बन निर्देशनालयहरुले गरेका छन भने केन्द्रमा रेडप्लस कार्यक्रम कार्यान्वयन शाखाले गरिरहेको छ । यस कार्यक्रममा सरकारको तर्फवाट मन्त्रालय, निर्देशनालय, कार्यान्वयन शाखा, डिभिजन तथा सवडिभिजन कार्यालयहरु संलग्न रहेका छन भने प्राविधीक सहायता तर्फ परियोजनाको तर्फवाट विज्ञहरु रहेका छन ।
२. कार्यक्रममा सहभागीहरुका अनुभव तथा प्रतिक्रिया
समृद्धि बन कार्यक्रमलाई सफल बनाउन र यस कार्यक्रमसँग सम्वद्ध सबैलाई एकिकृत गराई कार्यक्रम प्रतिको साझा बुझाई, दृष्टिकोण र एकआपसमा सुमधुर सम्वन्ध सवलीकरण गरी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरेर प्रभावकारी र उपलब्धीमुलक परिणामहरु प्राप्त गर्न थप उत्साह र प्रतिवद्ध बनाउन यही चैत्र २८ र २९ गते महोत्तरीको लालगढमा टिमविल्डींग कार्यशालाको आयोजना गरियो । मधेश प्रदेश वन मन्त्रालयका माननीय मन्त्रिसमेतको सकृय सहभागीतामा मन्त्रालय, निर्देशनालय र डिभिजन बन कार्यालयका सबै वरिष्ठ अधिकृतहरु, परियोजनाका विज्ञहरु तथा विश्वबैकका परामर्शदाता तथा परियोजनामा कार्यरत सहायक स्तरका र सहयोगी कर्मचारीहरु समेतको सहभागीतामा तालिम सम्पन्न भयो । संभवत माननीय मन्त्रि देखी कार्यालय सहयोगी समेत सँगै वसेर गरिएको मधेश प्रदेशको यो नै पहिलो तालिम थियो ।
टिम विल्डींग कार्यशालामा व्यक्ति केन्द्रित व्यक्तिगत सोच, आदत र व्यवहारलाई बदलेर टिम मैत्रि बनाउने तरिकाहरु, टिम भित्रका सवल पक्षहरु, सफलताहरु, कारण र प्रभावहरु, भविष्य प्रतिको दृष्टिकोण, व्यक्तिगत प्रयास र सामुहीक प्रयासले व्यक्तिको व्यत्तित्व र सामुहिक कार्यमा पार्न सक्ने सकारात्मक प्रभावहरु, भविष्य प्रतिको चाहना र कार्यक्रम मार्फत साझा दृष्टिकोणको निर्माण र समग्र मधेश प्रदेशको बनमार्फत हुन सक्ने वहुआयामिक समृद्धिको साझा दृष्टिकोणको निर्माण र त्यो दृष्टिकोणको व्यवहारीक कार्यान्वयन गरेर सफल परिणाम कसरी निकाल्न सकिन्छ भन्ने वारेमा गहन छलफल गरिएको थियो । नयाँ र साझा दृष्टिकोण निर्माण गर्न सहभागीहरुको भुमिका निकै सिर्जनशिल र उत्प्रेरीत रहेको थियो ।
यस तालिमले अत्यन्तै प्रतिकुलतामा र अभावमा पनि काम, कर्तव्य र दायित्व प्रति कसरी उत्प्रेरीत भई कार्य सम्पादन गर्ने, उच्च स्तरको जवाफदेहीता कसरी बहन गर्ने, सामुहिक लाभ र संस्थाको सकारात्मक छवि निर्माणको लागि व्यक्तिगत ईच्छा र चाहनाहरुलाई कसरी त्याग गर्ने, संकटमा सहि निर्णय कसरी लिने, समुह भित्र र अन्तर समुहबीचका द्धन्द्धहरुलाई कसरी समाधान गरेर वैरभावलाई मित्रतामा कसरी बदल्ने भन्ने तरिकाहरुको व्यवहारीक रुपमा प्रयोग गरी नयाँ सिकाई भएको थियो ।
अवधिभर पुरै समय सकृयरुपमा सहभागी हुनु भएका मधेश प्रदेश सरकारका माननीय बन मन्त्रिको बिचारमा वहाँको कार्यकालमा प्रदेशद्धारा आयोजना गरिएका सबै कार्यक्रमहरु मध्ये स्मरण योग्य कार्यक्रम यही तालिम रहेको बताउनु भयो । यस कार्यक्रमले सबैलाई उत्प्रेरित गरेको हुन पर्ने वहाँको विश्वास रहेको छ । वहाँका अनुसार, यस कार्यशालाले वहाँलाई थप उत्साहित बनाएको छ र आगामी दिनमा प्रदेशको विकासको लागि धेरै सिर्जनशिल भएर काम गर्न सकिन्छ भन्ने आत्म विश्वास वढाएको छ ।
अति व्यस्ताता बाबजुद कार्यक्रममा सहभागी श्रीमान सचिव श्री उद्धव घिमिरेले कार्यक्रम सोचभन्दा पनि उत्कृष्ट र सफल भएको र तालिममा अभ्यासको सन्दर्भमा विकास गरिएको भिजन २०३४ निकै उत्प्रेरित भएको र आगामी नीति कार्यक्रमको लागि समेत मार्ग निर्देशन गरेकोले सबै सहभागीहरु भिजन २०३४ ले निर्दिष्ट गरेको दिशामा अग्रसर हुन पर्ने र आफनो तर्फवाट पुरै प्रतिवद्धता साथ नेतृत्व लिन तयार रहेको बताउनु भयो ।
कार्यक्रमको दोश्रो शर्तमा सहभागी हुनु भएका रेड कार्यान्वयन एकाईका प्रमुख श्री नवराज पुडासैनीले कार्यक्रम पुर्णत सफल भएको र कार्यक्रम प्रति सबै सहभागीहरु निकै उत्साहित र सकारात्मक भएको पाएकको र केही शेशनहरुमा सहभागी हुदा समेत आफुलाई निकै उत्प्रेरीत बनाएको अनुभव बताउनु भयो ।
पुरै कार्यक्रममा सकृय सहभागी हुनु भएका विश्व बैकका परामर्शदाता डा. अखिलेश्वर लाल कर्णले २ दिनको कार्यक्रम आफुले सोचे भन्दा राम्रो भएको र संगठन व्यवस्थापन, दैनिक जीवन तथा घर परिवारमा समेत काम लाग्ने कुराहरु छलफल भएको बताउनु भयो । यस तालिमले प्रदेश बन मन्त्रालयको संगठन विकासको लागि धेरै उर्जा दिएको र तालिमको सन्दर्भमा अभ्यास गरिएको भिजन २०३४को अभ्यासले आगामी दिनको मार्गचित्र स्पष्ट पारेको बताउनु भयो । यस तालिममा सिकाईका कुराहरुलाई आत्मसात गरी दैनिक सोच, कार्यशैली र व्यवहार परिवर्तन गर्न सकेमा समृद्धिका लागि बन कार्यक्रम अत्याधिक सफल हुने कुरामा कुनै शंका नरहेको धारणा व्यक्त गर्नु भयो ।
प्रदेश वन निर्देशनालयका निर्देशक श्री जगनाथ जयसवालले यस दुई दिन तालिमले समग्र मधेश प्रदेसको वन तथा वातावरणका लागि मार्ग निर्देश गरेको र टिमका सबै साथीहरुको सहभागीतमा नयाँ भिजन २०३४ को खाका तयार गर्न सकिएको र नियमित प्रयास र मिहिनेतले यो भिजन साकार गर्न सकिने विश्वास व्यक्त गर्नु भयो । जागीरे जीवनमा नै समग्र मधेशको समृद्धिको लागि योगदान दिन यस तालिमले उत्प्रेरित गरेको सबैको साझा संकल्प र प्रतिवद्धता भएमा अन्तराष्टिय स्तरको पुरस्कार प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
सहभागीको तर्फवाट मन्तब्य ब्यक्त गर्दै सिराह जिल्ला डिभिजन वन अधिकृत श्री सुजित झाले यो तालिमले सबै सहभागीहरुलाई उत्साहीत बनाएको र समग्र मधेश प्रदेसको समृद्धिको लागि बन संगठनले महत्वपुर्ण भुमिका खेल्न सक्ने कुरा महशुश गराएको छ । काम प्रति प्रतिवद्धता र टिमका साथीहरुबीच सौहार्दता अभिवृद्धि गरेको छ । दुई दिनको तालिमले सबै कुरा गर्न नसक्ने भए पनि यो तालिमले आगामी दिनको मार्गचित्र स्पष्ट पारेको छ र मधेशको बन मन्त्रालय संसारकै ध्यान आकृष्ट गर्न सक्ने संभावना बोकेको क्षेत्र हो भन्ने महशुश गराएको धारणा व्यक्त गर्नु भयो ।
सहभागी मध्येकै भगवती खाँडले तालिमले समग्र टिमको सवलीकरणका लागि नयाँ सोच विकास गर्न उत्प्रेरीत गरी टिम भित्रै सकारात्मक सोचको विकास गर्न उत्प्रेरीत गरेको धारणा राख्नु भयो भने प्रियंका चौधरीलो उत्कृष्ट तालिम कार्यक्रममा सहभागी हुन पाएको खुशी ब्यक्त गर्नु भयो । समग्रमा तालिमले धेरै कुरा सिकाएको र अबबाट भिजन २०३४ लाई मिसन बनाएर बन मन्त्रालय अन्तरगतका सबै शाखा महाशाखाहरुले काम गर्न पर्ने महशुश भएको विचार सबै सहभागीहरुवाट ब्यक्त गरियो ।
३. कार्यक्रमवाट सहभागीहरुले सिकेका विषय वस्तुहरु
विशेषत यस तालिमले सहभागीहरुको एक अर्का प्रतिको सम्मान र सदभाव त वृद्धि गरेको छनै त्यसका अलावा निम्न विषहरुका दक्षता अभिवृद्धि गरको छ ।
१. व्यक्ति भित्र र बन संगठनसँग भएको क्षमता र हाल प्रयोगमा रहेका शक्तिबीचको दुरी ः तालिममा खेलको माध्यामले सहभागीहरुको परिकल्पना शक्ति र वास्तवीक क्षमता भित्र कति दूरी छ भन्ने कुराको वारेमा जानाकारी गराइयो । आफुमा अन्तरनिहित क्षमता अनुसारको सोच बिकास गर्न सकेर त्यही सोच अनुसार काम गर्न सकेमा ब्यक्तिगत जीवनमा र संगठनको जिम्मेवारी दुबै क्षेत्रमा आमुल रुपान्तरण ल्याउन सकिने कुराको महशुश भएको धारणा कार्यक्रमका सहभागी अजित श्रीवास्तवले गर्नु भयो ।
२. संवेग के हो र संवेगलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ ः संवेग के हो कसरी सिर्जना हुन्छ ? सकारात्मक र नकारात्मक भावनाहरुको विकास कसरी हुन्छ भन्ने वारेमा प्रयौगीक विधीद्धारा सिकाईयो । संवेगहरु (आवेश र आक्रोस) को नियन्त्रण कसरी गर्ने र टिमका साथीहरुलाई कसरी व्यवहार गर्ने ? सेवाग्राहीहरुलाई ससम्मान सेवा कसरी दिने । समुह भित्र हुने विवादलाई कसरी सामाधान गर्ने भन्ने वारेमा छलफल गरीयो । वरिष्ठ बन अधिकृत शैलन्द्र मिश्रका अनुसार हामी मध्ये धेरै सहभागीहरुले संवेगात्मक पक्षलाई खासै ध्यान दिएका थिएनौ तर यहाँ प्रस्तुत गरीएको जानाकारी पश्चात व्यक्ति स्वयम् र टिमको प्रभावकारीतको लागि संवेगात्मक पक्ष निकै महत्वपुर्ण भएको महशुश भएको छ ।
३. स्पष्ट सञ्चार क्षमताको विकास गर्ने तरिकाः टिमको सवलीकरणको लागि सञ्चार प्रकृया र तरिकाको महत्वपुर्ण भुमिका हुन्छ । टिमका सदस्यहरुको सञ्चार सिपको दक्षताले टिमको प्रभावकारीतालाई अभिवृद्धि गर्ने हुँदा प्रभावकारी सञ्चार कसरी गर्ने भन्ने कुराहरुको अभ्यास गरि छलफल गरियो । सहभागी सलिना साहको विचारमा सञ्चार सिपले प्रस्तुतीलाई स्पष्ट बनाउने र सन्देश प्रापकले सही कुरा वुझन मद्धत गर्दछ ।
४. नेतृत्व क्षमता तथा जिम्मेवारी वाँडफाँडः साझा उद्धेश्य प्राप्तको लागि नेतृत्वकको जिम्मेवारी र जवाफदेहीता तथा टिमका सदस्यहरुको जिम्मेवारी वाँडफाँडमा अपनाउन पर्ने सावाधानीहरुको वारेमा अभ्यास गरी छलफल गरियो र टिममा सफल हुनका लागि नेतृत्वको जिम्मेवार र टिमका सदस्यहरुको काम र कर्तव्यका वारेमा छलफल गरीयो । वरिष्ठ वन अधिकृत श्री सुवास चन्द्र दासको विचारमा यस प्रकारको अभ्यास र छलफलवाट सिकेका कुराहरु अविस्मरणीय हुने र व्यवहार परिवर्तन गर्न मद्धत पुग्दछ
५. जीत जीतको रणनीति अवलम्वन गर्न उत्प्रेरणाः समुहमा सदभाव सहितको सहकार्य भयो भने सबैले जित्न सक्ने वातावरण निर्माण हुन्छ । एकले जित्नको लागि अर्कोले हार्नै पर्दछ भन्ने मान्यतालाई निषेध गरेर अरुको राम्रो हुँदा आफनो पनि राम्रो हुन्छ र अरुलाई हानी नगरी आफनो उन्नती गर्न सकिन्छ भन्ने भावनाको वृद्धि भयो भने टिममा जीत जीतको वातावरण निर्माण हुन्छ र सबै विच सकार्य र सदभाव वृद्धि हुन सक्दछ भन्ने कुरा अभ्यास सहित छलफल गरीयो । यसवाट सहभागीहरुद्धारा सोचाईमा परिवर्तन ल्याएर सबैको वारेमा सबैले राम्रो चिताउदा सबैको जीत हुनेरहेछ भन्ने सिकाई भएको धारणा सहभागी श्री प्रियंका चौधरीले व्यक्त गर्नु भयो ।
६. उत्कृष्ट टिम निर्माणको लागि बल ठुलो की बुद्धि ? ः एक्काईसो शताब्दीको टिमलाई उत्कृष्ट बनाउन आफुमा अन्तरनिहित वुद्धि वा ज्ञानको प्रयोग गर्ने की बलको प्रयोग गर्ने ? कस्तो अवस्थामा बल र कस्तो अवस्थामा वुद्धिको प्रयोग गर्ने भन्ने वारेमा अभ्यास गरी छलफल गरीयो । बदलिदो परिवेशमा सहभागीहरुद्धारा नयाँ ज्ञान सिक्न र ज्ञानलाई निरन्तर दुरुस्त गर्न पर्ने रहेछ भन्ने महशुश भएको धारणा वरिष्ठ बन अधिकृत श्री राजिव झाले वताउनु भयो ।
७. ब्यक्तिगत सवल पक्षहरुको पहिचान ः टिमका सबै सदस्यहरुका सबल पक्षहरुको खोजविन गरी सबै भित्र अन्तरनिहि सवल पक्षहरुको पहिचान गरियो । सबै पक्षको सवलपक्षहरुको पहिचान पश्चात बन मन्त्रालयको टिमका सम्पुर्ण सदस्यहरु सवल, सक्षम र योग्य भएको अनुभुति गरियो । सबै व्यक्तिहरुमा अन्तरनिहित सवल पक्षहरुको समिश्रणवाट नै एक सवल टिमको निर्माण हुने हुदा एक अर्काका सवल पक्षहरुलाइ स्विकार गर्ने र थप सवल पक्षहरु वढाउन अभिप्रेरित गर्न पर्ने रहेछ भन्ने सिकाई भएको कुरा कार्यक्रमका सहभागी बरिष्ठ बन अधिकृत श्री विनाद सिंहले बताउनु भयो ।
८. संस्थागत सवलपक्षहरुको पहिचानः कर्मचारहिरुको नजरमा आफु कार्यरत संस्थाहरुको सवलपक्षहरु के के रहेका छन भनी सोधखोज गरी सबै संस्थाहरुको सवलपक्षहरु पहिचान गरियो । यसरी संस्थाको सवलपक्षहरु पहिचान गर्ने क्रममा विगतमा वास्ता नगरीएका र लेखाजोखा नगरीएका सवल पक्षहरुसमेत उत्खखन भएर आए । यसरी संस्थागत सवल पक्षहरु पहिचान गर्दा कर्मचारीहरुलाई आफनो संस्थाप्रति गौरव गर्ने आधारहरु वृद्धि भएर जाने र काम गर्न उत्साह थपिने कुरा बरिष्ठ वन अधिकृत श्री अजय मिश्रले बताउनु भयो ।
९. व्यक्तिगत सफलताका कथाहरुको आदान प्रदान ः सहभागीहरुले आफनो दैनिक जीवनमा प्राप्त गरेका र व्यवसायिक तथा जागीरे जीवनमा प्राप्त गरेका सफलताहरुको सोधखोज गरी उत्कृष्ट सफलताका कथा आदान प्रदान गरीयो । यसरी सफलतका कथाहरु आदान प्रदान गर्दा सहभागीहरुको एक अर्का प्रति सम्मान र गौरव गर्ने वातावरण सिर्जना भयो । सबैका सफल कथाहरुको सोध खोज र लेखा जोखाले टिममा भएका सबै व्यक्तिहरु सफल व्यक्तिहरु भएको र एक सफल व्यक्तिले अर्को सफल व्यक्तिलाई गर्ने सम्मान जनक व्यवहारवाट टिम झन गतिशिल र शशक्त हुने आधार तयार भएको अनुभुति सहभागी बन अधिकृत श्री शिब शंकर झाले बताउनु भयो ।
१०. संस्थागत सफलताहरुको आदान प्रदानः सहभागीहरुले आफनो संस्थामा काम गर्दा त्यो संस्थाले प्राप्त गरेका सफलताहरु र ती सफलताहरुले पारेका चौतर्फी प्रभावहरुको वारेमा पहिचान गर आदान प्रदान गरियो । यसरी संस्थागत सफलताको पहिचान र कारणहरुको लेखाजोखाले नयाँ सहभागीहरुलाई संस्थाको सफलताको ईतिहास र वर्तमानको वारेमा जानाकारी भयो भने पुराना सहभागीहरुले आफनो योगदान र संस्थाको गरिमाको वारेमा गौरव गर्ने आधार तयार भयो । यस प्रकारको अभ्यासले कर्मचारीहरुको संस्था प्रति र संस्थाको कर्मचारी प्रति विश्वास वढने वातावरण सिर्जना हुने कुरा वरिष्ठ बन अधिकृत श्री सुरेश शर्माले वताउनु भयो ।
११. विगतका अनुभवहरुवाट सिकाई ः विगतमा कार्य सम्पादन गर्दा के कस्ता सिकाईहरु भएका छन ? के कसरी काम गरेको भए थप सकारात्मक परिणामहरु प्राप्त हुन सक्दथे भन्ने वारेमा सबैका अनुभव र सिकाईहरु छलफल गर्दा सहभागीहरुले आगामी दिनमा कार्य सम्पादनको जिम्मेवारी वहन गर्दा के कसरी गर्दा प्रभावकारी हुन सक्दछ भन्ने वारेमा छलफल गरीयो । यसरी विगतका कार्यहरुको सिकाईले आगामी दिन गर्न पर्ने कामहरुलाई समेत मार्ग निर्देशन गर्न सक्ने हुँदा विगतका सिकाईहरु महत्वपुर्ण भएको कुरा निर्देशक श्री जगनाथ जयसवालले बताउनु भयो ।
१२. भविष्यका चाहनाहरुः टिमका सदस्यहरुका चाहनाहरुले संस्थाको भुमिकालाई निर्धारण गर्दछ । एउटै टिममा काम गर्ने सदस्यहरुको फरक फरक प्रकारका चाहनाहरुले टिमलाई अन्योल र सुस्त बनाउदछ । सबैका चाहनाहरु पत्तालगाई सबैलाई समेटेर साझा चाहना तयार गर्दा त्यस्ता चाहनाहरुमा सबैको स्वामित्व हुन्छ र ती चाहनालाई सकार पार्न सबै प्रतिवद्धता साथ जिम्मेवारी वहन गर्न उत्प्रेरीत हुने भएकोले सबै चाहनाहरु पत्तालगाई साझा चाहना तयार गरी भिजन २०३४ को आधार निर्माण गरियो । यो प्रकृया एकदम सहभागितामुलक र समावेशी भएकोले यस्तो प्रकृयाले वनाएको भिजनमा सबैको स्वामित्व सुनिश्चित हुने कुरा प्रदेश सरकारका मानीय मन्त्रि श्री रमेश कुर्मिले बताउनु भयो ।
१३. भिजन २०३४ः सहभागीहरुले समुहका सदस्यहरुको व्यक्तिगत सवल पक्षहरु, सफलताहरु, संस्थागत सवल पक्षहरु, सफलताहरु, सफलताका कारण र प्रभावहरु, विगतमा गरिएका कामवाट भएका सिकाईहरु, भविष्यका चाहनाहरु आदीको विश्लेषण गरी आगामी १० वर्षमा मधेश प्रदेस सरकार बन मन्त्रालय अन्तरगतका सबै कार्यालयहरुले उत्कृष्ट काम गरी मधेश प्रदेशलाई कस्तो अवस्थामा पुर्याउन सकिन्छ भनी १० वर्षे भिजन तयार गरियो । यस भिजनले मार्ग निर्देश गरे अनुसार मधेश प्रदेस सरकार बन मन्त्रालयले मधेशमा सकारात्मक परिणाम प्राप्त गरेको परिकल्पना गरि सोही अनुसारको भुमिका प्रस्तुत गरियो ।
सन् २०३४ सम्ममा मधेश प्रदेस सरकार अन्तरगतका वन कार्यालयहरुले उत्कृष्ट काम गरी जलवायु परिवर्तन अनुकुलन तथा वातावरण संरक्षणको क्षेत्रमा २वटा अन्तराष्टिय पुरस्कार जितेको परिकल्पना गरी सोही अनुसारको भुमिका निर्वाह गरियो । यसरी भुमिका निर्वाह गर्दा आगामी दिन जलवायु परिवर्तन असर न्युनिकरण र वातावरण संरक्षणका क्षेत्रमा के कस्ता कामहरु गर्नु पर्दछ ? कस्ता नीति नियमहरु आवश्यक पर्दछन ? कर्मचारीहरुको के कस्ता क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु पर्दछ ? जन स्तरमा के कस्ता कार्यक्रमहरु गर्नु पर्दछ ? राजनीतिक पार्टीहरुले के कस्ता भुमिकाहरु निर्वाह गर्नुपर्दछ ? आदी सबै कुराहरुमा छलफल गरी संभावीत नीति, रणनीतिहरु, ऐन कानुनहरु, योजना तथा कार्यक्रमहरु तथा व्यक्तिको भुमिका समेत अनुमान गरी कलात्मक रुपमा नाटकीय (भुमिका निर्वाह) प्रस्तुती गरीयो । यस प्रस्तुतीले वास्तवमा नै २०३४ मा मधेश प्रदेश सरकार वन मन्त्रालयले २ वटा अन्तराष्टि स्तरका पुरस्कार जित्न सक्नदछ भने आधारहरु प्रस्तुत गरियो । यस प्रस्तुतीले सहभागीहरुद्धारा टिम गतिशिलताको उच्च महत्व रहेको महशुश भएको धारण व्यक्त गरियो भने टिमका सबै सदस्यहरुमा अन्तरनिहित क्षमताको प्रष्फुटन गरेर नयाँ र प्रभावकारी तरिकाले कार्यक्रम सञ्चालन गर्ने हो भने सम्पुर्ण प्रदेशलाई हरियाली प्रदेश, जलवायु एवम् वातावरण मैत्री प्रदेशको रुपमा विकास गर्न सकिन्छ र त्यसको श्रेय मधेशप्रदेस वन मन्त्रालयलाई जान सक्ने आधार निर्माण भएकोछ भन्ने कुरा सहभागीहरुको तर्फवाट मानीय मन्त्रिज्यु, श्रीमान सचिवज्यु, निर्देशकज्यु लगायत सम्पुर्ण सहभागीहरुद्धारा व्यक्त गरिएकोछ ।
नाटकीय रुपमा प्रस्तुत गरिएको भए पनि भिजन २०३४ निकै आकर्षक, महत्वपुर्ण र समय सान्दर्भीक रहेकोले त्यस दिशा तर्फ सम्र्पुण नीति तथा कार्यक्रमहरुलाई केन्द्रित गर्न आफु दत्तचित्त भएर लाग्ने कुरा माननीय वन मन्त्रि श्री रमेश प्रसाद कुर्मी ज्यूले व्यक्त गर्नु भएको छ । त्यसै गरी मन्त्रालयका श्रीमान सचिवज्यूले मधेश प्रदेश बन मन्त्रलायको नयाँ अध्याय शुरु भएको र आफनो सम्पुर्ण ध्यान भिजन २०३४ पुरा गर्ने तर्फ लगाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । समापन कार्यक्रमलाई सञ्चालन गर्नु भएका बरिष्ठ बन अधिकृत श्री शुरेश शर्माले अवदेखी भिजन २०३४ नै मधेश प्रदेश सरकार वन मन्त्रालयको मुल मन्त्र हो र त्यो भिजनलाई साकार पार्ने हाम्रै दायित्व भएको बताउनु भयो भने सहभागीहरु सबैले जोडदार तालिका साथ स्वागत गर्नु भयो ।
४. निष्कर्ष र सुझाव
मधेश प्रदेस सरकार बन मन्त्रालय प्रदेश वन निर्देशनालयको आमन्त्रणमा दुई दिने कार्यक्रम सहजीकरण गर्दा मलाई पनि एक प्रकारको उर्जा प्राप्त भएको छ । आफु पनि मधेश प्रदेस निवासी नै भएको र छोटो समय भएपनि शुरुमा बन विभागमै काम गरेको र नेपालको वन क्षेत्रले समग्र समृद्धिमा महत्वपुर्ण योगदान दिन सक्दछ भन्ने विश्वास भएकोले भिजन २०३४ ले निकै उत्साहित बनाएको छ भने सहभागी मित्रहरुका प्रतिक्रिया, मानीय मन्त्रीज्यु, श्रीमान सचिवज्यू, निर्देशकज्यु र विश्व बैकका परामर्शदाताहरुको प्रतिक्रियाले पनि निकै उत्साहित बनाएको छ । आगामी दिनमा सकारात्मक सोचका साथ सबै कर्मचारीहरु र राजनीतिक नेतृत्वले दत्तचित्त भएर काम गरेमा भिजन २०३४ त्यो भन्दा पहिला नै प्राप्त हुन सक्दछ । यस भिजनलाई थप परिमार्जित गरेर व्यवस्थित र अझ आकर्ष र सबै सरोकारवालाहरुले समेत स्वामित्व वोध गर्ने गरी समग्र सरोकारवालाहरुको समेत सहभागिता भिजन २०३४ कार्याशालाको आयोजना गरी यसलाई परिमार्जन गरेर दिर्घकालिन रणनीतिक योजना तर्जुमा गर्न सकेमा अति उपयुक्त हुन्छ । यस अतिरिक्त, भिजन २०३४ साकार गर्ने गरी प्रदेश वन मन्त्रालयले क्षमता अभिवृद्धि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न समेत सिफारीश गर्दछु । मातृभुमिलाई सेवा गर्न सबैलाई उच्च मनोवल र प्रतिवद्धता प्राप्त होस प्रदेश वन निर्देशनालयलाई हार्दिक धन्यवाद सहित शुभकामना ।
https://www.youtube.com/watch?v=Vm2giWx-ixE – video of the training